Advertisement
विज्ञापन

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा सामी परियोजनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल गरिएको छ ।  सुरक्षित  वैदेशिक रोजगारीका लागि  स्थानीय तहका पदाधिकारी र सरोकारवालासङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खत्रीले बिदेश गएका नेपाली हरुलाइ नेपालमा ल्याउने वातावरण नेपालमा बसेकाले गर्नुपर्ने बताए । वैदेशिक रोजगार सुरक्षित तरिकाको हुनुपर्नेमा जोड दिदै वैदेशिक रोजगारमा जानेलाई फरक खालको परामर्श दिनुपर्ने बताए ।

सामी परियोजना लुम्बिनी प्रदेशका व्यवस्थापक  पन्चराम चौधरीले स्थानीय सरकारको जिम्मेवारीलाइ प्रभावकारी बनाउन भुमिका खेल्ने बताए ।  वैदेशिक रोजगारीको परिवेश, यस्का कानुनी प्राबधान , यस्को आवश्यकता र भुमिका र वैदेशिक रोजगार बोर्डबाट दिएका सेवाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
वैदेशिक रोजगारमा  ८० प्रतिशत मानिस काम गर्न जाने गरेकोर त्यसमा ९ प्रतीशत बढी महिला वैदेशिक रोजगारमा जाने तथ्यांक भएको बताए । हालसम्म  गुल्मीमा ७१  हजार बढिले श्रम स्वीकृत लिएको जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

अबको १० बर्षमा युथ लेस टुथ लेस हुने अनुमान रहेको बताउँदै यस्लाइ रोक्न देशमा पनि रोजगारीको स्थापना गर्नुपर्ने बताए ।अर्घाखाँची पाल्पा र गुल्मीमा प्रदेश सरकारको केहि आर्थिक सहयोगमा सामी परियोजना संचालन भएको छ । अबका दिनमा सामीलाइ थप प्रभावकारी तथा गुणस्तर बनाइने बताए ।गुल्मीमा रेसुङ्गा नगरपालिकाको बजेट र प्रदेशको बजेबाट जिल्लाको रेसुङ्गा नगरपालिकाले सुरुवात गरेको छ तर सेवा भने १२ वटै स्थानीय तहका नागरिकले सेवा पाएका छन।

कार्यक्रमको समापन गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिकामा सामी कार्यक्रम गर्न प्रदेश सरकारले गरेको सहयोग प्रती धन्यवाद दिए ।अबका दिनमा तल्लो तहबाटै यो कार्यक्रमलाई प्रभावकारी बनाइने बताए ।  सीप सिकेर मात्र बिदेश जान आग्रह गर्दैरोजगारी सिर्जना गर्ने कर्तव्य स्थानीय तहको भएको बताए ।कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा समन्वय समिती गुल्मीको  सभाहलमा सम्पन्न भएको थियो

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad