सरकारले तोक्यो उखुको प्रतिक्विन्टल ६३५ रुपैयाँ समर्थन मूल्य
२२८०
सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल) ले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मुल्य तोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘उखुको खरिद मुल्यतोक्न ढिला भएको थियो। आज सरकारले ६ सय ३५ रुपैयाँ मुल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्।उनका अनुसार आजको बैठक मन्त्रिपरिषद्को नयाँ हलको उद्घाटन प्रयोजनको निम्ति बसेको थियो।
बैठकमा मुख्य सचिव बैकुण्ठ अर्यालले कार्य सम्पादनका क्रममा प्रक्रिया, इच्छाशक्ति, ऐन–कानुन र विधिमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराहरू प्रस्तुति दिएको पनि उनले बताइन्।मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने पनि उनले जानकारी दिइन्।




