Advertisement
विज्ञापन

भूकम्प प्रभावित ७ जिल्लामा पुस ५ गतेदेखि खोप अभियान



Advertisement
विज्ञापन

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने  सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भीं खोप लगाइने छ ।


Advertisement
Advertisement
Advertisement

साथै जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छ्ट खोप पनि दिइने मन्त्रालयले जनाएको छ । छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउन समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ । खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न समेत मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad