Advertisement
विज्ञापन

गुल्मीमै अब मृगौला फेल बिरामीको उपाचार



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीकाे पटक पटकको प्रयास र पहलमा गुल्मीमा डायलाइसिस सेवा सुरु हुने भएको छ ।मेयर पन्थीकाे नेतृत्वले नगरपालिकाकाे पहिलो कार्यपालिका बैठकबाट तम्घासमै मृगौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेकाे नगरपालिका उपप्रमुख अमृता देवि कुवँरले बताइन् ।

रेसुङ्गा नगरपालिकाले याे कार्यक्रमलाई अगाडि सार्दा धेरैले महत्वकांक्षी योजनाका रूपमा लिएकाे कुरा स्मरणमा रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले गुल्मेलि नागरिक डायलाइसिसका लागि काठमाडौं जानुपर्ने जसका लागि धेरै रकम खर्चिनुपर्ने धेरै समय लाग्ने र भनेको बेला उपचार नपाउँने समस्या अन्त्यका लागि गुल्मीमै डायलाइसिस सेवा सुरु गर्नुपर्छ भनेर आफू निरन्तर लागेको पन्थीले बताए ।


Advertisement
Advertisement
Advertisement

मेयर पन्थीले गुल्मेलि नागरिकको हरेक क्षेत्रकाे विकासका निमित्त आफू सधैं लाग्ने बताएका छन् ।उनले `यो सँगै गुल्मीको समुन्नतिमा एउटा ईटाँ थप भएको छ भने दीन, दु:खी र गरीब नागरिक सबभन्दा धेरै लाभान्वित हुने भएका छन् ´उनले भने ।
गुल्मी अस्पतालमा सञ्चालन हुने डायलाईसिस सेवा सेवा लिने सेवाग्राहीले अस्पताल प्रशासनमा जानकारी गराउँन गुल्मी अस्पतालले अनुरोध गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad