Advertisement
विज्ञापन

प्रतितोला दुई सय रूपैयाँ बढ्यो सुनको भाउ



Advertisement
विज्ञापन

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको छ।


Advertisement
Advertisement

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad