Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशसभा : विषयगत समितिका सभापतिको निर्वाचन हुने



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ ।पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ।लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन लामो सययसम्म भएका थिएनन् ।

जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन तथा वातावरण, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापतिको निर्वाचन हुने छ । लुम्बिनी प्रदेशमा दुई वटा सरकार गठन भइसकेपनि प्रदेश सभाको संसदीय समिति सभापति चयन हुन नसक्दा आलोचना समेत हुँदै आएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad