Advertisement
विज्ञापन

फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई



Advertisement
विज्ञापन

काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।प्रतियोगिताको टिकट बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो । यस्तै प्रतियोगिता दौरान कुनै पनि पास नबाँड्ने निर्णय पनि बैठकले गरेको छ ।

कूल १८ एजेन्डा रहे पनि सीईओ नियुक्तको विषयलाई मुख्य प्राथमिकताको साथ हेरिएको छ । सीईओ नियुक्त भन्ने शब्द नभएपनि कर्मचारी थप घटको विषयमा एजेन्डामा समावेश छ ।


Advertisement
Advertisement

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही सदस्यले सुरुमै असन्तुष्टि जनाएपछि बैठक सुरु हुन नै ढिला भएको थियो ।ढिलो गरी सुरु भएको बैठकमा कार्यसमित सदस्य पेमा लामा असन्तुष्टि जनाउँदै सुरुमै बाहिरिइन् । लामालाई सम्पर्क गर्दा उनले महिला संघबाट पनि कार्यसमितिमा प्रतिनिधि राख्नुपर्ने आफ्नो मागमा बेवास्ता गरिएकोले बाहिरिएको बताइन् ।

‘हामीले अन्य संघ जस्तै महिला संघको प्रतिनिधि पनि बैठकमा राख्नुपर्छ भनेर महासचिवलाई पनि भनेका थियौँ । म आफू महिला संघको अध्यक्ष भएपनि एन्फाको केन्द्रित सदस्य भएकोले अर्को एक जना प्रतिनिधि राख्न माग गरेका थियौँ । तर अन्य संघको प्रतिनिधि बस्दा महिला संघलाई भने अपमान गरियो ।’ लामाले भनिन् । जहाँ महिलालाई नै सम्मान हुँदै भने त्यहाँ किन बस्ने भनेर म सुरुमै बाहिरिएँ । मलाई आज एकदमै नराम्रो अनुभव भयो ।’लामालाई बैठकमा बस्न आग्रह गरे पनि उनी निस्किएकी हुन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement