Advertisement
विज्ञापन

अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन २०८० को लोगो सार्वजनिक



Advertisement
विज्ञापन

सन्धिखर्क।अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को लोगो सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गर्न लागेको पर्यटन प्रबद्र्धन कार्यक्रमको लागो आज आइतबार सार्वजनिक भएको हो ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन प्रबद्र्धन कार्यक्रम आयोजना गर्न लागेको महासंघका अध्यक्ष अशोक खनालले जानकारी दिए । उनले अर्घाखाँचीका पर्यटकीय क्षेत्रलाई स्वदेश तथा विदेशमा परिचित गराउनका लागि यो कार्यक्रमको आयोजना गर्न लागको बताए ।


Advertisement
Advertisement
Advertisement

“जब देशमा आर्थिक संकट आउन्छ तब पर्यटन प्रबद्र्धनका कुराहरु आउन्छन्, किनभने पर्यवसाय आर्थिक समृद्धिको मेरुदण्ड नै हो,”खनालले भने “पत्रकार महासंघ अर्घाखाँचीले यहाँका पर्यटकीय क्षेत्रलाई देश विदेशमा परिचित गराउने लक्ष्य लिएको छ ।”

अर्घाखाँचीमा घुम्न लायक धेरै ठाउँहरु छन् । सुपा देउराली मन्दिर, पाणिनी तपोभुमी, अर्घा भगवति मन्दिर, तेह्र तले मन्दिर, बल्कोट पौवा, मालारानी मन्दिर सेङलेङ दह, डमरु दह जस्ता पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । जुन प्रचार–प्रसारको कमीले पर्यटकको रोजाईमा पर्न सकेका छैनन् । पत्रकार महासंघले यहाँका यी पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्नका लागि पर्यटन प्रबद्र्धन कार्यक्रम गर्न लागेको छ ।

पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन् माघ मा हुने पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । महासंघले नेपाल सरकारका प्रमुख प्रधानमन्त्री पुष्प कमल दाहालद्वारा अभियानको उद्घाटन् गर्ने तयारी भएको जानकारी दिएको हो । पर्यटन प्रबद्र्धनका विभिन्न चरणका अभियानहरु संचालन हुने छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad