Advertisement
विज्ञापन

बुटवलमा दुर्घटना हुँदा २ जना गम्भीर घाइते



Advertisement
विज्ञापन

बुटवल । बुटवल–१२ ढवाहामा सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो बुटवल उपहानगरपालिका १२ स्थित ढवाहामा पूर्वबाट पश्च्मि तर्फ जाँदै भे १० प ४८६२ नम्बरको मोटरसाइकले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट लडेकी पैदलयात्री र मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आएको लु १ ख ७४०३ नम्बरको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनाबाट मोटरसाइकलका चालक बाँकेको कोहलपुर नगरपालिका ९ का २५ वर्षीय विनोद न्यौपाने र अर्घाखाँची घर भई हाल बुटवल उपमहानगरपालिका १२ बस्ने २३ वर्षीया चन्द्रा घर्ति गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनाबाट गम्भीर घाइते घर्तिको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र न्यौपानेको युनिर्भसल मेडिकल कलेज अफ भैरहवामा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad