Advertisement
विज्ञापन

सेयर बजारमा उत्साह



Advertisement
विज्ञापन

काठमाडौँ । लामो समयदेखि १८००/१९०० को अंकमा अड्केर बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार अंकमाथि पुगेको छ । कारोबार सुरु भएदेखि नै निरन्तर उत्साहजनक वृद्धि लिएको परिसूचक २७ अंकले बढ्दै २ हजार २२ अंकमा पुगेर रोकिएको हो ।

नेप्से परिसूचक ३२ सयको अंकमा पुगेर फर्किएपछि लामो समयसम्म १८०० र १९०० आसपास घुमेर बसेको थियो । बीचमा एकाध पटक २२ सय अंक छोए पनि लामो समय टिक्न सकेको थिएन । तर, लामो समयपछि उत्साहजनक वृद्धि लिँदै २ हजार अंकको लाइन पार गरेको हो । आज परिसूचक संगै कारोबार रकम समेत उत्साहजनकरुपले बढेको छ ।
परिसूचकमा सुस्तता आउँदा कारोबार रकम समेत १ अर्बभन्दा तल कायम रहँदै आएको थियो । आज भने ५ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । आज १ करोड ७१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा धेरैको कारोबार भएको हो । परिसूचक २७ अंकले बढ्दा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि हुँदा ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, १६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । समग्रमा आज १८५ वटा कम्पनीको सेयर मूल्यले उकालो यात्रा तय गरेको छ । यसक्रममा आज हिमाल दोलखा हाइड्रोपावरको सेयर २५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad