Advertisement
विज्ञापन

रुरुक्षेत्र गाउँपालिकाले प्रथम चौमासिक प्रगति समीक्षा तथा सार्वजानिक सुनुवाई



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रथम चौमासिक प्रगति समीक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले सभाहलमा एक कार्यक्रमको आयोजना गरेर आर्थिक बर्ष २०८०/०८१ को प्रथम चौमासिक समीक्षा सहित हालसम्म भएगरेका गतिविधिको जानकारी दिएको हो ।

आर्थिक बर्ष २०८०/०८१ को प्रथम चौमासिकमा ३५ करोड ५८ लाख ५२ हजार चालु खर्च बजेटतर्फ आठ करोड,५२ लाख ४९ हजार नौ सय ३५ रुपैयाँ गाउँपालिकाले खर्च गरेको छ । त्यस्तै १८ करोड ८३ लाख ६६ हजार तीन सय ६० रुपैयाँ पुँजीगत तर्फको बजेटमा नौ करोड ९० लाख नौ हजार चार सय ५१ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । प्रकोप व्यावस्थापनको ६४ लाख १४ हजार दुईसय ६४ रुपैयाँ बजेटमध्ये १४ लाख ७५ हजार छ सय ५० रुपैयाँ खर्च भएको छ ।


Advertisement
Advertisement
Advertisement

गाउँपालिकाले सुशासन र संस्थागत विकासको क्षेत्रमा आर्थिक बर्षको चौमासिकमा भएगरेका गतिविधि रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु बीच कार्य सम्पादन करार सम्झौता, कर्मचारीको मासिक/चौमासिक मूल्याङ्कन,नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन, सेवा प्रवाह, विपद् व्यवस्थापन, बजार अनुगमन, सार्वजनिक सम्पत्ती संरक्षण, ट्राफिक व्यवस्थापन लगायतका कार्यको लागि नगर प्रहरीको व्यवस्था गर्न कार्यविधि निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ संस्था र विद्यालयहरुमा विद्युत्तिय हाजिरीको व्यवस्था गरी हाजिरीलाई अनलाईन सर्भरमा स्टोरेज तथा अनलाईबाट अनुगमन,पारदर्शिता कायम गर्न अनलाईन प्रणालीको माध्यमबाट प्रत्येक वडाबाटै कर संकलन लगायतका क्रियाकलापहरु सम्पन्न गरिएको प्रशासकीय अधिकृत पाण्डले बताए ।

कृषकहरुको चासो, गुनासो र समस्या बुझ्न प्राविधिक कृषकको घरदैलोमा,यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्मको रुरुक्षेत्र कृषि पर्यटन र संस्कृति विषयको स्थानीय पाठ्यपुस्तक तयार, वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, स्मार्ट शिक्षण विधि लागू,सहज सूचना प्रदान गर्न नागरिकको मोवाइलमा एस.एम.एस, नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगीको रुपमा काम गर्ने गरी टोल विकास संस्थाको गठन विद्युतिय हाजिरी प्रणाली संचालन कार्यविधि जारी गरिएको छ । विद्युतिय हाजिरी प्रणाली संचालन गर्नेमा रुरुक्षेत्र गाउँपालिका जिल्लामै पहिलो बनेको छ ।

सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागीले कृषि तथा पशुपालनमा देखिएको समस्या, कृषिजन्य भुमी बाँझो , कृषि उपजलाई बजारीकरणको समस्या,बढ्दो बसाईसराइ,शैक्षिक क्षेत्रमा देखिएको समस्या, उपभोक्ता समिति र काममा देखिएको झन्झट लागयतका जिज्ञासा राखेका थिए । कार्यक्रममा पालिकाभित्र शैक्षिक गुणस्तर सुधार,निर्माण व्यावसायमा देखिएका समस्याको समाधान, उपभोक्ता समिति र ठेकेदार कम्पनीले गर्ने योजनाका काममा हुने अनुगम प्रभावकारी बनाउनु पर्ने लगायतका बिषयमा सहभागीले पालिकालाई सुझाव दिएका थिए ।

सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागिले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिदैँ गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले देखिएका समस्या तत्काल समाधान गरेर आगामी दिनमा नागरिकले दिएका सुझाव ग्रहण गर्दै पारदर्शिता र जवाफदेहीता हुने गरी काम गरिने बताइन् । गाउँपालिकाभित्र संचालन हुने कार्यक्रम तथा योजना सबैका हुन्, त्यसैले खराब काममा खबरदारी गर्दै राम्रा काममा धन्यबाद दिने जिम्मेवारी जनतालाई सुम्पिएको बताउँदै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले

गाउँपालिकामा भएगरेका कमीकमजोरी औंल्याई सुझाब दिन सहभागी सबैमा आग्रह गरे । “हामीले शिक्षा,स्वास्थ्य,रोजगार,पर्यटन,कृषि,युवा लक्षित कार्यक्रमलाई विशेष जोड दिएका छौं ।” अध्यक्ष ज्ञवालीले भने,“हामीले गाउँपालिका र जनताका आवश्यकता हेरेर थुप्रै काम सुरु गरेका छौ तर केही कामको तयारीमा छौं, त्यसको निम्ती तपाईहरुले हामीलाई सुझाव दिदैँ समर्थन दिनुपर्छ ।”

सहभागीले उठाएका प्रश्न र जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेबी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, बिषयगत शाखा प्रमुखले दिएका थिए । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रनिनिधि,व्यवसायी,कृषक, बिद्यार्थी लगायत सर्वसाधारण सहभागिता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad