Advertisement
विज्ञापन

सधैं निराशावादी होइन आशावादी भावना विकसित गरौं : मुख्यमन्त्री पाण्डे



Advertisement
विज्ञापन

बागलुङ । बागलुुङको गलकोट नगरपालिका १० पाण्डवखानी स्थित रहेको पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयत्नी महोत्सवको शनिबार उद्घाटन गरिएको छ ।हीरक जयन्ती महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस ठाँउमा जन्मेर हुर्केर र बढेर हाल राेजगारीकाे शिलशिलामा बाहिर भएता पनि आफ्नो जन्मभूूमीलाई गरेकाे सहयोग निकै उदाहरणीय रहेको बताउनुभयो ।

साथै उहाँले १५ दिनमै ३ कराेड आर्थिक सहयोग जुटाउन सफल भएकोमा विद्यालयलाई धन्यवाद दिनुुभयो । त्यस्तै मुख्य मन्त्री पाण्डेले सधेयाै देखीकाे सामाजिक सद्भावलाई कायम राख्नु पर्नेमा जाेड दिदै उहाँले पाण्डवखानीकाे समाज एककठ्ठा र एकीकृत रहेकाे बताउनुभयाे ।त्यस्तै उहाँले गण्डकी प्रदेशले विग स्कुल,लिड स्कुल र रेसीडेण्सिएल स्कुल गरि तिन किसिमले स्कुललाई वर्गीकरण गर्ने नयाँ कार्यक्रम अगाडि बढाएकाे बताउनु भयाे ।


Advertisement
Advertisement

साथै उहाँले राेजगारी सिर्जना गर्ने र स्वराेजगार कसरी बनाउने भन्नेमा जाेड दिदै उहाँले केही गरौं र यहीँ सकिन्छ र यहीँ गरौं भन्ने भावना विकसित गर्नुपर्ने बताउनु भयो ।साथै सोही अवसरमा विद्यालयका संरक्षक निरज पुनले विद्यालयकाे परिकल्पना गर्ने र जग बसाल्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । साथै उहाँले भावी सन्ततीकाे लागि याेजना बनाईदिएकाे भन्दै महाअभियानमा सहभागी भएर समर्थन र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

त्यस्तै पनुले अहिले पाण्डवखानी माध्यमिक विद्यालयकाे शैक्षिक प्रक्रियाकाे सुर र ताल मिलेको बताउनुभयो । त्यस्तै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डवखानी माध्यमिक विद्यालयकाे शैक्षिक अभियानमा गलकाेट नगरपालिका पनि सहयोगी बनेर आवश्यक सहयोग गर्न तयार रहेकाे बताउनु भयाे।

साथै उद्घाटन समारोहमा गलकाेट नगरपालिका नगरउप प्रमुख फमलाल निउरे,विद्यालयका भवनदाता एव सल्लाहकार मानसिंह छन्त्याल, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै हीरक जयन्ती महाेत्सवकाे अवसरमा विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनारले विद्यालयको आर्थिक बर्ष २०७९/८०को आम्दानी खर्चको प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।

साथै हीरक महोत्सवका अवसरमा विद्यालयका संस्थापक भक्क्त बहादुर पुन, भवनदाता तथा प्रमुख सल्लाहकार मानसिंह छन्त्याल,संस्थापक शिक्षक नर बहादुर श्रीस,रन बहादुर श्रीस,विशिष्ट योगदान दिने  गिरीप्रसाद घर्ती एंव विद्यालयका संस्थापक सहयोगी,विशिष्ट योगदानकर्ता,पत्रकार लगायतलाई दोसल्ला र सम्मान पत्र र मायाको चिनाेले सम्मान गरिएको थियो । “सयम सापेक्ष गुणस्तरीय शिक्षा, सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा” भन्ने मुल नारा सहित गत मंसिर २९ गते देखि शुरु भएको विद्यालयको ६२ औं बार्षिकोउत्सव तथा हीरक जयन्ती महोत्सवमा पूर्व विद्यार्थीवीच मैत्रीपूर्ण भलिवल तथा व्याडमिन्टन,विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत

शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम,दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती कमाएका पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका लगायतका सांस्कृतिक कार्यक्रम सहित यहि पौष ३ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

साथै महाेत्सवका अवसरमा शनिबारदेखि शुरू भएको बृहत नि: शुल्क स्वास्थ्य शिविर आइतबारसम्म सञ्चालन हुने जनाइएकाे छ ।
महाेत्सवकाे उद्घाटन समारोहमा पाण्डवखानीकाे स्थानीय साेरठी भैलाे,बाजा जागा सहित विद्यालयका विद्यार्थीहरूकाे सांस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएकाे थियोे ।

हीरक जयन्ती महोत्सवको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षता तथा हीरक जयन्ती महोत्सवका संयोजक डाक्टर दिपक काउचाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने हीरक महोत्सव कार्यकारिणी समितिका सचिव तुल बहादुर विकले गर्नुभएको थियो।साभारःलाईभ गुल्मी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad