Advertisement
विज्ञापन

आजबाट बुटवलमा नेपाल जेसीजको ५० औं महाधिवेशन हुँदै



Advertisement
विज्ञापन

बुटवल । नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि बुटवलमा सुरु हुदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको आयोजक बुटवल जेसीजले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महाधिवेशनको आज विशेष समारोहका विच सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बुटवल जेसीज स्थापनाको ५० वर्ष प्रवेश भएको अवसरमा बुटवलमा आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा बुटवलबाट विशेष सन्देश दिन खोजिएको महाधिवेशनका कन्भेन्सन डाईरेक्टर जगतबहादुर पोखरेलले जानकारी दिए । महाधिवेशन अगाडि बिहान बुटवलमा झाकी सहितको शान्ति पदयात्रा गरिने छ । त्यस्तै बुटवलकै फुलवारीमा स्वर्ण स्मारक सिलन्यास गर्ने तयारी रहेको छ ।


Advertisement
Advertisement
Advertisement

महाधिवेशनमा जनप्रतिनीधिमा निर्वाचित जेसीज सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको उनले बताए । त्यसैगरी बुटवलको पहिचानलाई जोडेर गित गाएका गायकलाई सम्ममान गरिने सांस्कृतिक कार्यक्रम संयोजक बुटवल जेसीजका पुर्व अध्यक्ष विमलराज भट्टराईले बताउनु भयो । जसको लागि ३१ जना गायककार छनोट गरिएको छ । महाधिवेशनमा देशभरका १७८ शाखाबाट १२४६ जना र अध्यक्षले मनोनित गर्ने समेत गरी १४७६ मतभार रहेको । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यावेक्षेक, अतिथि सबैको लागि खाना तथा आवासको सबै व्यवस्था मिलाई सकिएको आयोजकले जनाएको छ ।

अध्यक्षको लागि चार जना प्रतिस्पर्धामा
नेपाल जेसीजको अध्यक्ष पदको लागि चार जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् । अध्यक्ष पदका लागि विजय गुरुङ, रजनी थापा, रविन पोखरेल, रश्मी सिल्पकार र अनिल शाहीको उम्मेदवारी परेको थियो । त्यसमध्ये १ जनाको उम्मेदवारी खारेज भएको छ ।

त्यसैगरी ४ कार्यकारीणी उपाध्यक्ष पदमा १२ जनाको प्रतिस्पर्धा छ भने १२ उपाध्यक्ष पदमा २१ जनाको प्रतिस्पर्धामा रहेको पनि उनले जानकारी दिए । मतदान पुसको १ गते ईलेक्ट्रोनिक भोटिङ सिस्टमबाट हुने जनाइएको छ ।

महाधिवेशन तयारीका सम्बन्धमा उम्मेद्वार तालिम, अन्तरवार्ता लगायतका कार्यक्रम सकिएको नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजूले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad