Advertisement
विज्ञापन

अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदले अर्घाखाँचीमा पर्यटनका विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

लुम्बिनी तथा सुपा देउरालीमा आएका पर्यटकलाई जिल्लाका अन्य स्थानमा पुर्‍याउनका लागि कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले छलफल गरेका थिए । उनले लुम्बिनीका अन्य जिल्लाहरुमा आएका पर्यटकलाई जिल्लामा ल्याउन र यसको प्रचारप्रसारमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि सरोकारवालासंग जानकारी लिएका थिए।


Advertisement
Advertisement
Advertisement

जिल्लामा रहेका अर्घा भगवती मन्दिर, छत्र महाराजको मन्दिर, पाणिनि तपोभूमि, छत्र महाराजको मन्दिर, नर्सिंह थान, सिद्धेश्वर शिवालय, जंगबहादुर जन्मिएको लामपाटी दरबार, ऐतिहासिक बलकोट पौवा, मालारानी लगायतका स्थानको महत्त्व, वर्णन तथा ती स्थानमा कसरी पर्यटन ल्याउन सकिन्छ भन्ने विषयमा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।साभार ःअर्घाखाँची बुलेटिन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad