तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो
२०९५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै बैंकले सो कुराको जानकारी दिएको हो ।
यस्तै २०८० कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । सन् २०२३ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।