Advertisement
विज्ञापन

गुल्मीमा चितुवाले खोरमै पसेर बाख्रा खायो



Advertisement
विज्ञापन

गुल्मी ।गुल्मी जिल्लाको छत्रको गाउँपालिकामा गएराती खोरमै पसेर चितुवाले बाख्रालाई आक्रमण गर्न आएको छ । छत्रकोट-६ दौघामा चितुवाको आक्रमणबाट एउटा बाख्रा मरेको छ भने तिन वटा बेपत्ता भएका छ्न्।

छत्रकोट गाउँपालिका -६ मा पर्ने दौघाका लक्ष्मण ज्ञवालीको घरमा बाख्राको खोरमा चितुवा पसी एउटा बाख्रा मारेको तिन वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

सूचना प्राप्त भएपछि बिहान ७ बजेनै प्रहरी चौकी खर्ज्याङ्गबाट प्रहरी टोलि खटी गएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । रातको समयमा बाख्रा कराएको आवाज सुनेपनि बाख्राधनीहरु डरका कारण उठेका थिएनन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad