Advertisement
विज्ञापन

सन्धिखर्क नगरपालिकामा इ-हाजिर लागू



Advertisement
विज्ञापन

अर्घाखाँची  ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ ।

नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।उहाँले कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस र कर्मचारीहरु कार्यालय समय भित्र कतै जान नसकुन भनेर यो प्रविधि लागू गरिएको जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

बिदाको लागि पनि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्दैन । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको छ । त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सक्छन । त्यहीँ आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यही प्रविधिबाटै गर्न सकिन्छ ।

नगरपालिकाको कार्यालयमा मात्र हैन । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य सस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन । समयमा आए आएनन सबै नगरपालिकामै बसेर हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख विशाल महतले बताउनुभयो ।

सेवाग्राहीलाई मात्र हैन कर्मचारीलाई पनि सजिलो भएको नगरपालिकाका रोजगार शाखा प्रमुख हिरामणी पराजुलीले बताउनु भयो । अब बिदा माग्नैका लागि भनेर नगरपालिकामा आउनु पर्ने बाध्यता हटेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad