Advertisement
विज्ञापन

गुल्मीको मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार



Advertisement
विज्ञापन

गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकामा गोरु पाल्ने किसानलाई हलो उपहार गरिएको छ।  सोमबार मुसिकोट नगरपालिका–८ का कृषक ४७ बर्षीय हिरा बहादुर नेपालीले हलो उपहार पाए । उनले १५ बर्षदेखि गोरु पाल्छन् ।

उनले छिमेकी चार जना धनश्याम सापकोटा, भक्त केसी, गुञ्ज बहादुर केसी र कृष्ण विकको खेतबारी समेत ठेक्कामा काम गरेका छन् । छिमेकीहरु बसाई सरेर वामी र तराई झरे । हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्राउँछन् ।


Advertisement
Advertisement
Advertisement

आफ्नो काम सकेर गाउँमा पनि गोरु पुराउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमीक छ । गाउँमा गोरु पाल्नेहरु निकै कम हुँदै गएको बेला वडाले गरेको सम्मानले उर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’उनले भने,‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन् ।’

मान्छे बर्षेनी दोब्बर संख्यामा पहाडबाट बसाइसराई सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामीण बस्तीहरुमा मान्छे बस्नेभन्दा नबस्ने घरहरु धेरै हुन थालेका छन् । मलिला खेत र बारीहरु बाँझिदै गएपछि हरियाली देखिने पखेराहरु पनि उराठ छन् । जिल्लाबाट सवैभन्दा बढि युरोप छिर्ने स्थानीय तह मुसिकोट हो ।

तर, मुसिकोट नगरपालिका–८ ले वडाले कृषि कर्म गरिरहेकाहरुलाई प्रोत्साहन गर्न गोरु पाल्ने किसानहरुलाई हलो उपहार प्रदान गरेको छ । मुसिकोट नगरपालिका–८ का ४० जना किसानहरुलाई हलो, फाली, कराह र क्याल्सियम प्रदान गरिएको मुसिकोट नगरपालिका वडा नं ८ का वडा सचिव प्रदिप पौडेलले जानकारी दिए । गाउँमा व्यावसायीक खेती गर्नेभन्दा जिविकोपार्जनकै लागि कृषि कर्म गर्नेहरु बढि छन् ।

धेरैले गोरु पाल्न छोडे । गाउँमा टयाक्टर वा मेसिनको कम प्रयोग गरिन्छ । जोत्ने गोरुहरुको अभाव किसानहरुले झेलिरहेका छन् । जसका कारण गोरु पाल्ने किसानहरुको सम्मानका लागि हलो प्रदान गरिएको वडाध्यक्ष रमेश विकले बताए ।

मुसिकोट नगरपालिकाले कृषि, पर्यटन र उद्योगलाई प्रमुख समृद्धिको आधार मानेको छ । जसका लागि व्यावसायीक कृषि गर्ने किसानहरुलाई अनुदान, प्रविधी सहयोग र सीप विकास मार्फत उद्यम सृजनाका काम गरिरहेको छ । भने पर्यटन पुर्वाधार निर्माणमा पनि नगरले जोड दिइरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए ।

खरेलले यो बर्षबाट बाँझो रहेका जग्गा भूमि बैक स्थापना नगरले लिएर काम गर्ने युवा उद्यमीहरुलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए । त्यस्तै नगरले बजारीकरण तर्फ कृषि उपजको बिक्री सुनिश्चिता गर्न इकाई स्थापना र मुल्य तोकेर कृषकको बजारमा नबिकेका कृषि उपज खरिद गरेर किसानलाई घाटाबाट जोगाउने काम पनि गरिरहेको खरेलले जानकारी दिए ।

उनले बिस्तारै नगरले आफै वा सहकारी मार्फत व्यावसायीक फर्महरु बनाएर कृषि मजदुर नियुक्त गर्ने र उत्पादन बृद्धि गर्ने तथा ठुलो प्लटमा काम गर्नेहरुलाई अनुदान सहयोग लगायतको कृषि योजना बनाएको बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad