Advertisement
विज्ञापन

लुम्बिनी प्रदेशमा कृषि उत्पादन घट्दो



Advertisement
विज्ञापन

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड २ पिपल धाराका  विष्णु थापाको मुख्य पेसा कृषि हो । आफ्नो खेतबारीमा काम गर्दा गर्दै उनको दैनिकी बित्ने गरेको छ । उनको केही पाखो वारी समेत रहेको छ । बर्खामा धान रोप्नको लागि खेत पनि छ । तर उक्त खेतमा भएको उत्पादनले उनको परिवारलाई वर्ष भरी खान पुग्दैन ।

खास गरी चामल  किन्नु पर्ने हुन्छ । उनी जस्तै कृषि पेसा रहे पनि वर्ष भरी परिवारलाई खान नपुग्नेहरू पिपल धारामा थुप्रै छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कृषि पेसामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आबद्ध छन् । तर त्यसमध्ये ४९ प्रतिशतलाई मात्र उब्जनीले खान पुग्ने गरेको छ । बाँकी ५१ प्रतिशत कृषकको उत्पादनले आफैलाई वर्ष भरि खान नै पुग्दैन ।


Advertisement
Advertisement
Advertisement

यसरी वर्षे भरी खेतीपाती गरे पनि खान नपुग्नुमा पछिल्ला वर्ष खेती गर्ने ठाउँ कम  तर परिवार सङ्ख्या धेरै रहेको लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा वरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरीले रातोपाटीलाई बताए । उनका अनुसार खेती गर्ने  भन्दा खाली जग्गा छाड्ने क्रम पहाडमा धेरै रहेको छ । अर्को तिर कृषिमा उत्पादन वृद्धि गर्ने भन्दा पनि पुरानो तरिकाले  खेती गर्दा पनि समस्या देखिएको उनले बताए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजा अनुसार नेपालमा कुल घरपरिवार ४१ लाख ३० हजार ७८९ घरपरिवार मध्ये २२ लाख १८ हजार ४१० घरपरिवार कृषक परिवार रहेको जनाएको छ । जुन कुल घर परिवारको ६२ प्रतिशत हो । कृषि गणना अनुसार लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९२ घरपरिवार मध्य ४ लाख २६ हजार ६१४ हेक्टर क्षेत्रफलमा कृषि गरेको तथ्याङ्क कार्यालयका उपप्रमुख डिल्लीराम जोशीले बताए ।

लुम्बिनी प्रदेशमा मुख्य कृषक पुरुष ६४.५ प्रतिशत रहेका छन् भने महिला ३५.५ प्रतिशत रहेका छन् । रुपन्देहीमा कृषिमा आबद्ध परिवार मध्ये ७१ प्रतिशत पुरुष र बाँकी २९ प्रतिशत महिला रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । हाल नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४.५ प्रतिशत रहेकामा लुम्बिनी प्रदेशमा ५६.७ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवारको सङ्ख्या भने बढेको देखिएको छ । ३३ लाख ५३ हजार ८६७ पशुपालन गर्ने कृषकको सङ्ख्या बढेर अहिले ३४ लाख ५ हजार १४ पुगेको छ । लुम्बिनी प्रदेशमा ६६.३ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य रहेको पाइएको छ भने देशभर ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको स्रोत कृषि कार्य रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उत्पादन हुने जग्गा पनि उस्तै घटेको छ ।  वैदेशिक रोजगारी र बसाई सराई गर्दा  कृषि गर्ने  व्यक्तिहरू पहाड तिर निकै कम भएका छन् । तराई पनि बेला मल नपाउने , सिचाई अभाव आदिले गर्दा अधिया दिएर सहर, बजारमा  बस्नेहरू उस्तै छन् । त्यसको असर कृषि उत्पादनमा परेको  वरिष्ठ वालि  संरक्षण अधिकृत  घनश्याम चौधरीले बताउँछन् । हुन पनि राष्ट्रिय कृषि गणना २०६८ अनुसार लुम्बिनी प्रदेशमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २०७८ मा भने घटेर १२ लाख १६.४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

यस्तै ६ लाख ७३ हजार ७०० हेक्टर क्षेत्रफलमा मकै, ७ लाख ४९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ र ८४ हजार ४०० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने जनाएको छ । जबकि कृषि गणना २०६८ का अनुसार ५ लाख ५९ हजार ९०० हेक्टरमा मकै, ७ लाख ४९ हजार ४०० हेक्टरमा गहुँ र १ लाख ७ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad