Advertisement
विज्ञापन

आजपनि विमानस्थलबाट साढे ६ किलो सुन बरामद



Advertisement
विज्ञापन

काठमाडौँ ।त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद भएको छ।त्रिभुवन विमास्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार आइतबार बिहान पौने १ बजे इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनको साथबाट उक्त सुन बरामद भएको हो।

ठकुरीका अनुसार ६ टुक्रा सुन अर्धठोस अवस्थामा भेटिएको हो। उनले उक्त सुन ज्याकेटमा लुकाएर ल्याएको खुलेको छ। विमानस्थल भन्सार क्षेत्र कटाइसकेको अवस्थामा उक्त सुन ६ किलो ५६५ ग्राम रहेको ठकुरीले बताए।उक्त सुन फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानको जहाजबाट आएका इजिप्टका नागरिकबाट सुन बरामद भएपछि उनीसँगैका दुईजना सुडानी नागरिकलाई पनि पक्राउ गरिएको छ।


Advertisement
Advertisement

यसअघि गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। उक्त सुन गोरखाका चन्द्र घलेबाट बरामद भएको थिय।परीक्षणपश्चात उक्त सुन सबै विशुद्ध भएको भन्सार विभागले जनाइसकेको छ। त्यसपछि नागढुंगा नाकाबाट पनि प्रहरीले २ किलो सुन बरामद गरेको थियो।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad