Advertisement
विज्ञापन

बागलुङको बाङ्गेचौर रङ्गशाला बनाउन बजेट आयो, तर कार्यान्वयन भएन



Advertisement
विज्ञापन

गलकोट (बागलुङ) । बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुरै रहेको छ ।

कतिपय योजना बजेट अभावका कारण अुधरा बनेका उदाहरण भेटिन्छन् । रङ्गशाला निर्माणका लागि बजेट आएरसमेत कार्यान्वयन हुन नसकेको हो । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेल मैदानलाई रङ्गाशाला बनाउनका लागि विस्तृत प्ररियोजना प्रतिवेदन (डीपीआर) बन्यो, बजेट आयो तर कार्यान्वयन भने भएन ।


Advertisement
Advertisement
Advertisement

बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेकै चार वर्ष पुगेको छ । आधारभूत रङ्गशाला निर्माणका लागि आवश्यक रु आठ करोड २२ लाख बजेटसमेत विनियोजन भयो तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो ।

नगरपालिकाको रु चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिकाले जनाएको छ।डीपीआरमा उल्लेख भए अनुसार रङ्गाशाला निर्माण गर्न रामरेखा सामुदायिक वनभित्रका झण्डै एक सय ५० रुख फँडानी गर्न आवश्यक रहे पनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको नगर उपप्रमुख राजु खड्काले बताए ।

‘अघिल्ला जनप्रतिनिधिले साझेदारीमा योजना पार्नुभएको थियो, वार्षिकरुपमा ५०/५० प्रतिशतले नगरपालिका र सङ्घीय सरकारले बजेट हाल्दा तीन वर्षमा तीन हजार दर्शक अटाउने प्यारापिट बन्ने थियो’, खड्काले भने, ‘तर बजेट लगातार तीन वर्षसम्म आइरह्यो, हामीले अन्तिम वर्ष भए पनि कार्यान्वयनमा लैजाने भनेर लागिप¥यौँ, वनकै समस्याका कारण सकिएन ।’

उनले बजेट आउञ्जेल वन कार्यालयले रुख कटान गर्न नदिएको भन्दै यस वर्षबाट बजेट कटौती गरेपछि वनले बल्ल सकारात्मक कुरा गरेको बताए । बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन भए पनि सङ्क्षिप्त वातावरणीय मूल्याङ्कनले रुख कटान गर्न नदिने भन्दै गर्न एक वर्ष लाग्ने भएपछि बजेट कार्यान्वयनमा नआएको हो ।

तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) रु ३० लाख खर्चेर तयार गरिएको थियो । डीपीआरमा रङ्गाशाला बनाउन रु ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको थियो ।

डीपीआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा बढाउन पर्ने र तल्लो भागमा एक सय ५० भन्दाबढी रुख कटान गर्न आवश्यक देखिएको थियो ।रुख कटान पूर्व वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहे पनि उक्त काम गर्न एक वर्ष लाग्ने र उक्त समयमा बजेट फ्रिज भइसकेको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए ।

खेल मैदानको पूर्वतर्फ प्यारापिट लगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको जनाउँदै घर्तीले वन मन्त्रालयमा फाइल पुग्दापुग्दै बजेट फ्रिज भएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छाडेर बनाउँदा पूर्वपट्टीका रुख फँडानी गर्न रामरेखा सामुदायिक वनसहित वन मन्त्रालयले चासो नदिएपछि बजेट कार्यान्वयनमा नआएको हो ।

रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ । स्थानीय पालिका र वन कार्यालयबीचको समझदारी समयमै नबन्दा विनियोजन भएको बजेट कार्यान्वयनमा नआउनु दुःखद् रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।खड्काले खेल क्षेत्रमा गण्डकी प्रदेशमै अग्रणी स्थानमा रहेको बागलुङमा रङ्गाशाला निर्माणका लागि आएको बजेट कार्यान्वयन नहुँदा खेल क्षेत्रका लागि दुर्भाग्य रहेको बताए ।

‘खेल क्षेत्रका लागि अत्यन्तै दुःखद् हो यो, यत्रो रङ्गशाला बन्दा सबैलाई फाइदै हुन्थ्यो, तर समयमै वन र नगरपालिकाबीच समझदारी बनेन्’, उनले भने, ‘गण्डकी प्रदेशको पोखरा पछिको ठूलो रङ्गशाला निर्माण हुँने बागलुङमा बजेटसमेत कार्यान्वयनमा नआउँदा खेलाडीमा निरासा छाएको छ ।’

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad