Advertisement
विज्ञापन

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ



Advertisement
विज्ञापन

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्।फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको र सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख टोकराज पाण्डेले जानकारी दिए।

विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट चन्द्र घले काठमाडौं आएका थिए । उनको साथबाट कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन बरामद गरिएको थियो ।पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ।

Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad