सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल
बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगर बीच आज भेटबार्ता भएको छ । आज बुटवलमा भएको भेटबार्तामा हिउँदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितिको सभापति चयन, सरकार बिस्तार लगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।
झन्डै एक १ घण्टा भएको छलफल तथा भेटमा सरकार र सभाका काम कारबाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवश्यकता पर्नेमा मुख्यमन्त्री र सभामुखले जोड दिए । प्रदेश सभाको काम कामकारबाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताइएकाे छ ।
मुख्यमन्त्री र सभामुखबीच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट सम्भवतह:पहिलो पटक हो । दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आएकाे थिए ।