Advertisement
विज्ञापन

अर्घाखाँचीमा लागूऔषध गाँजासहित ३ जना पक्राउ



Advertisement
विज्ञापन

अर्घाखाँची – अर्घाखाँचीमा  लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।जिल्लाको शितगंगा नगरपालिका –४ भेडामारेबाट अबैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभूमि नगरपालिका –१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन बिक र कपिलवस्तु नगरपालिका –९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभार रहेको प्रहरीले जनाएको छ ।

 


Advertisement
Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनको साथबाट ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ नियन्त्रणमा लिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad