Advertisement
विज्ञापन

विदेशबाट औपचारिक माध्यममा रकम पठाउन प्रहरीको आग्रह



Advertisement
विज्ञापन

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ ।वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

यसरी विदेशी रकम प्राप्त गरेपश्चात् ती अमुक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैङ्क खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैर कानुनी तवरमा नेपालमा रहेको बैङ्क खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।


Advertisement
Advertisement
Advertisement

‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा आश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad