Advertisement
विज्ञापन

सेयर बजारमा दोहोरो अंकको गिरावट



Advertisement
विज्ञापन

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ ।

कुल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १४ को स्थिर रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १९ करोडको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब ५४ करोड रुपैयाँको भयो ।जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूह करिब १७ अंक बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो ।


Advertisement
Advertisement
Advertisement

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंक घटे ।सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ३.९, ग्लोबल आईएमई लघुवित्तको ३.४, नेसनल हाइड्रोको २.९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै विशालबजार कम्पनीको ९.५, माउन्टेन इनर्जीको ८.९, उन्नति सहकार्य लघुवित्तको ८.८ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad