लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक व्यावस्था
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए ।अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए ।
अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हसिलो अनुहारले सेवा दिन आग्रह गरे । बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने बताउँदै वझाले नम्र व्यवहार र सेवामा जोड दिए । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।
क्लिनिक उद्घाटनको अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए ।