Advertisement
विज्ञापन

गुल्मीमा कोदो उत्पादन घट्यो



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष ११.५० प्रतिशतले उत्पादन कम भएको अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।गुल्मीमा यस वर्ष २ हजार ८८१ हेक्टर जग्गामा ३ हजार ३४१ दशमलव ९६ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

गत आर्थिक वर्ष २०७९÷८० मा २ हजार ९०५ हेक्टर जग्गामा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको पाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताउँछन् ।


Advertisement
Advertisement

यसैगरी बिउ छर्ने बेला खडेरी पर्नु, बीउ कम उम्रनु र रोग समेत (छिर्केमिर्के) देखिनुले कोदो उत्पादन कम भएको उनले बताए ।गुल्मीका किसानहरुले ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरेका छन् । जिल्लामा इश्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट कोदो खेती हुने मुख्य क्षेत्रहरु हुन् ।

कोदो असार र साउन महिनामा रोपेर कात्तिक महिनाको अन्तिमबाट मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ । स्थानीयले कोदोलाई ढिँडो, रोटी र रक्सी बनाउन प्रयोग गर्दछन् । पछिल्लो समय कोदोका परिकार सामान्यदेखि सुविधासम्पन्न तारे होटलका मेनुमा पनि पर्दै आएको छ । पोषण र स्वास्थ्यका हिसाबले कोदो अत्यन्त लाभकारी मानिने पोषणविदहरु बताउँछन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेपछि नेपालले २०७९ पुस १७ गतेदेखि उक्त कार्यक्रम सन्चालनको शुभारम्भ गरेको थियो ।कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो ।

विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपाल १३ औं स्थानमा छ ।गुल्मीमा कोदो खेती घट्दै गएपछि कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad