आजदेखि जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु
२१०३
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आजदेखि सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रनिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।