मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) १ लाख १४ हजार ८०० जनाले पाएका छन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गर्दै कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएको जनाएको हो ।
आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जबकि, कम्पनीले ११ लाख ४८ हजार कित्ता मात्रै सेयर बिक्री खुलाएको थियो । यसमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।