Advertisement
विज्ञापन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बन्दसत्र सुरु



Advertisement
विज्ञापन

बुटवल । नेपाली कांग्रेसकाे प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको  छ । बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।त्यस्तै बन्दसत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् ।

ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन्।  उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा लैजाने लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले बताए ।सम्मेलनमा लुम्बिनी प्रदेशमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ।


Advertisement
Advertisement
Advertisement

बन्दसत्रमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका  प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ।  यसअघि शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad