Advertisement
विज्ञापन

१८ अंकले घटेर सेयर बजार बन्द, १ अर्ब ३२ करोडको कारोबार



Advertisement
विज्ञापन

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।

यस्तै आज सेयर बजारको सेन्सेटिभ इन्डेक्स समेत २.८० अंकले घट्दै ३५६.०८ अंकमा रोकिएको नेप्सेले जनाएको छ ।  आज म्युचुअल फन्डबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक आज १.७३ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.५९ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.५६ प्रतिशतले घटेको छ । बाँकी अरु ९ वटा उपसूचक १ प्रतिशतले घटेका छन् ।
तथापि, आज म्युचुअल फन्डतर्फको उपसूचक भने ०.११ प्रतिशतले बढेको छ ।  १८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad