Advertisement
विज्ञापन

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न आन्दोलन



Advertisement
विज्ञापन

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ ।मिलले उक्त प्रदूषण न्यूनीकरण गर्नुपर्ने माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।

सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी गराए ।२०४६ सालमा तत्कालीन सरकार र चीनबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका–१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना गरिएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल  २०६२  सालमा निजीकरण गरिएपछि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बताउँछन् ।


Advertisement
Advertisement
Advertisement

सञ्चालकले प्रदूषण न्यूनीकरणका निम्ति आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिस्टिलरीबाट निस्कने धुवाँ, खरानीले बजार प्रदूषित बनेको स्थानीयको भनाइ छ ।डिस्टिलरीबाट निस्कने फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले बताए ।

प्रदूषण न्यूनीकरणका निम्ति विगतमा विभिन्न सम्झौता गरिए पनि हालसम्म कार्यान्वयन गरिएको छैन । मिल सञ्चालकले उद्योगबाट निस्कने धुवाँ, खरानी र दूषित पानी न्यूनीकरणका निम्ति कुनै उपाय नअपनाउँदा सुनवलवासी प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

प्रदूषण न्यूनीकरण नगरिए मिल चलाउन नदिने भन्दै उनले आउँदा दिनमा थप दबाब दिन विभिन्न कार्य गर्ने चेतावनी दिए ।८६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन गरी तीन कारखाना सञ्चालनमा छन् । मिलबाट निस्कने धुवाँ र खरानी उडेर घरहरूमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहोर हुनुका साथै सास लिन समेत अप्ठ्यारो भएको स्थानीयको भनाइ छ ।

डिस्टिलरीबाट निस्कने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित बन्दै गएको संघर्ष समितिले जनाएको छ ।संघर्ष समितिका अनुसार चिनी मिलबाट सुनवलका १, ३, ४ र ६ नम्बर वडा प्रत्यक्ष मारमा परेको र करिब ७० हजार मानिस प्रभावित छन् ।प्रदूषण रोकथामका निम्ति संघर्ष समितिले पटक–पटक मिल र सरोकारवालासँग पहल गरे पनि कुनै सुनुवाइ नभएको जनाइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad