Advertisement
विज्ञापन

भोलिबाट हुने ढुण्डी थरुनी स्मृति कपमा रुपन्देही र पाल्पा भिड्ने



Advertisement
विज्ञापन

बुटवल । सैनामैना नगरपालिकामा मंगलबारदेखि हुने जिल्ला स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । भलिबल खेलको विकास र खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउने उदेश्यका साथ दुधराक्ष युवा क्लबको आयोजनामा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तर भलिबल प्रतियोगिता हुन लागेको हो ।

थारु जातीको बाहुल्यता रहेको सैनामैनाको विकासमा योगदान दिएकी समाजसेवी महिला स्वर्गिय ढुण्डी थारुको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनमा क्लबमा अध्यक्ष किरण पोखरेलले बताए । प्रतियोगिताको खेल मैदान, टिम दर्ता, प्याराफिट र मंच निर्माणको काम पुरा भएको उनले बताए । दर्शकलाई अवलोकन सहज हुने गरि करीब २ हजार क्षमताको अस्थाई प्याराफिट बनाईएको उनले बताए । सैनामैना कलौनीमा मैदान तयार भएको छ ।


Advertisement
Advertisement
Advertisement

मंगलबार उद्घाटन खेल रुपन्देही र पाल्पा जिल्ला भलिबलका बिच हुने उनले बताए । सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिबाट सहयोग र ब्यवसायिक प्रति, टिकट र पार्किङबाट आम्दानी हुने लक्ष्य आयोजकको रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण तथा उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि , प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए । यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेलकुदका लागि उवरर्भुमि भएको दाबी गरे । एथलेटिक्स, भलिबल, फुटबल, क्रिकेट लगायत अधिकास खेलाडी उत्पादनमा रुपन्देही अगाडी रहेको भन्दै यसमा सरकारी र नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

‘सरकार लगानीमात्र नभई स्थानिय खेलप्रेमी, समाजसेवीहरुको निरन्तर सहयोग र योगदान कै कारण लुम्बिनी अगाडि आउन सफल भएको हो ।’

—उनले भने । राष्ट्रिय खेल भलिबलको विकाससंगै खेलको अन्तराष्ट्रिय नियममा रहेर आयोजना गर्न उनले सुझाव दिए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी नगर सभापति रण बहादुर खनाल, सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजकुमार चौधरी, रुपन्देही भलिबल संघका उपाध्यक्ष राम बहादुर थापाले सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा रेफ्रि संघ लुम्बिनी प्रदेशका अध्यक्ष बुद्धि बश्यालले लिक कम नकआउट आधारमा खेल खेलाईने बताए । सहभागी टिमलाई ४ वटा पोलमा बाडेर बेष्ट अफ फाईभमा खेलाईने उनले बताए ।

कार्यक्रममा क्लबका सचिव पदम पाण्डेले राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको उनले बताए । क्लब स्थापना भएसंगै युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउदै आएको उनले बताए।

छात्रवृत्ति वितरण, ट्राफिक सचेतना, लागुऔषध दुब्यसनी, रक्तदान, वृक्षारोपण, निशुल्क स्वस्थ्य शिविर गर्दै आएको उनले बताए ।मंसिर १७ गतेसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशभित्रका र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने छन । प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad