Advertisement
विज्ञापन

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलने मंसिर १६ देखि हुने



Advertisement
विज्ञापन

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलन हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिं पुनले जानकारी दिए ।मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र आयोजना गर्ने ।

कार्यतालिका रहेको सम्मेलनमा पार्टीभित्र ‘गुट’राजनीतिको धेरै प्रभाव रहेको हुँदा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै काम गर्नेहरुलाई सम्मान गर्ने बारे छलफल हुने बताए । यसैगरी संघीयता कार्यान्वयका विषयमा भम्भीर छलफल हुने बताए ।


Advertisement
Advertisement

सम्मेलन बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले पार्टीभित्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको उल्लेख गरे । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको उल्लेख गरे ।

काँग्रेसले लुम्बिनीमा सबैभन्दा पहिले सम्मेलनको आयोजना गरि पदेश सम्मेलनको सरुवात गर्न लागेको हो । अधिवेशनमा संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुने सभापति पुनले जानकारी दिए ।

सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने बताइएको छ । सम्मेलनमा समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने काँग्रेसले जनाएको छ ।

सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको सभापति पुनले जानकारी दिए ।

उप समितिले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad