Advertisement
विज्ञापन

गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मुत्यु



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको  अर्खलेमा बस र मोटरसाईकल ठोक्किदा  १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकलले ठक्कर खाएका थिए ।

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।


Advertisement
Advertisement

मृतक झाँक्री गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने विद्यार्थी हुनुहुन्छ । उहाँ बिहानी संकायको अध्ययन सकिएपछि घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी प्रमुख प्रधानले जानकारी दिनुभएको छ ।मृतक झाँक्री मगरको शवलाई पोष्टमार्टम गरिँदैछ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad