Advertisement
विज्ञापन

चिसोका कारण जाजरकोटमा भूकम्पपीडित सुत्केरीको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौं । भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्दै आएकी जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोका कारण मृत्यु भएको हो ।चदाराले एक महिना अघिमात्र छोरीलाई जन्म दिएकी थिइन् । त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोका कारण कठ्यांग्रिएर गएराति वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

लगातारको चिसोको कारण जाजरकोटमा सुत्केरी, गर्भवती समस्यामा परेका छन् । जाजरकोटमा हाल आठ सय ९६ जना सुत्केरी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।उनीहरुमध्ये भूकम्प प्रभावित क्षेत्रका अधिकांश चिसो र विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र सुत्केरीलाई सताएको छ ।


Advertisement
Advertisement

तापक्रम जतिजति ओर्लंदै छ, जाजरकोट भूकम्पपीडितहरूको जनजीवन उत्ति नै कष्टप्रद बन्दै गएको छ । त्रिपालको ओतमा रहेका भूकम्पपीडित चिसोकै कारण बिरामी परिरहेका छन् ।कात्तिक १७ को भूकम्पपछि जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवारको बास त्रिपालमुनि छ । भूकम्पपछि चिसोले १० जनाको मृत्यु भइसकेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad