Advertisement
विज्ञापन

नेप्से १९ सय विन्दुमाथि पुग्यो, बढ्यो कारोबार रकम



Advertisement
विज्ञापन

काठमाडौं । १ महिनापछि सेयर बजार १९ सय विन्दुमाथि पुगेको छ । १२ कात्तिक यता १९ सयमुनि रहेको नेप्से परिसूचक आइतबार १९०७ विन्दुमा कायम भएको हो ।

आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।


Advertisement
Advertisement
Advertisement

आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशत बढ्दा फाइनान्स समूह ३.९१, निर्जीवन बीमा ३.६७ तथा व्यापार समूह ३.५८ प्रतिशत बढे ।

अंकका आधारमा वाणिज्य बैंक २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, उत्पादन १५३, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, अन्य २५ र व्या पार उपसमूह ९६ अंक बढे ।

धेरै मूल्य बढेका र घटेका कम्पनीहरू

छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ९.८, रावा इनर्जीको ९.८, मैलुङखोलाको ९.७ तथा सिंगटी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो ।

बजार बढ्दा पनि इनिफिनिटी लघुवित्तको २.४, आशा लघुवित्तको २.४, आत्मनिर्भर लघुवित्तको २.३, जनउत्थान सामुदायिक लघुवित्तको १.९९ र हाथवे इन्भेस्टमेन्टको मूल्य १.६ प्रतिशत घट्यो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad