Advertisement
विज्ञापन

महिलाहरुले बजाउन थाले नैमती बाजा



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा पुरुषहरु देश बिदेशमा गएर अभाव भए पछि महिलाहरुलाई नौमति बाजा बजाउने तालिम दिई बाजा बजाउने मानिसको अभाव पुर्ति गरिँदै आएको छ। त्यस गाउँपालिकाले गत जेठ महिनामा चितवनबाट प्रशिक्षक झिकाई त्यहाँका सात वटै वडाका महिलाहरूलाई नौमति बाजा बजाउने तालिम दिएको थियो । त्यस यता गाउँमा हुने बिबाह अन्य हर्षबढाई र विभिन्न औपचारिक कार्यक्रममा समेत तिनै महिलाका बाजाहरु आकर्षणको केन्द्र बन्न पुगेका छ्न्।

गत शुक्रबार त्यस पालिकामा पुगेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि तिनै महिलाका नौमति बाजाले भव्य स्वागत गरिएको थियो। पुरै महिलाहरुले नौमति बाजाएको देखेपछि प्रदेश प्रमुख शेरचन निकै बेर दंङ्ग परेर हेर्दैै महिलाहरुबाट पुरुषले गर्ने अर्को नयाँ कामको शुभारम्भ भन्दै महिलाहरूलाई धन्यवाद दिएका थिए ।


Advertisement
Advertisement
Advertisement

मदाने महिला बाजा समुहकी अध्यक्ष बसन्ता जिसिले भनिन् गाउँमा बाजा बजाउने युवाहरुको अभाव हुँदै गयो । बुढापाकाहरु बजाउन नसक्ने भए भनेर हामी महिलाहरूलाई गाउँपालिकाले तालिम दिने भन्यो। त्यस पछि हामी पनि उत्साहित हुँदै गत जेठ् महिनामा १० दिने तालिम लिएका हौँ । सबै वडाका ११ जनाले । तालिम पछि बिस्तारै सिक्दै छौँ र अहिले जहाँ झिकायो त्यहीँ पुग्ने गरेका छौँ।

उनका अनुसार चितवनबाट रामचन्द्र सेवा भन्ने ब्यक्तिले उनीहरुलाई तालिम दिएका थिए र बाजा पनि ल्याएर आएका थिए । थप बाजाको अभाव र तालिमको आवश्यकता रहेको जिसिले बताईन । अन्य बाजामा पारङ्ग्त भए पनि सहनाई पुरुषले झै अझै बजाउन सकिरहेका छैन् ।

यसबारे हामी मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबादुर कुँवरसंग बुझ्दा उनले भने ‘गाउँमा युवाहरुको अभाव हुँदै गयो । अहिले गाउँमा जन्तिदेखि मलामि सम्म महिलाहरु नै बढि देखिन्छ्न । त्यसैले महिलाहरुले के गर्न सक्दैन्न र ? भनेर पालिकाले उनीहरुलाई बाजा बजाउने तालिम दिलाएको हो । उनले सिमित जातिमा मात्रै सिमित र उपेक्षित समेत मानिएको यो पेशालाई मर्यादित समेत बनाउन जातिगत रुपमा समेत समाबेशि बनाएर तालिम दिलाईएको कुवरले बताए । उनीहरुलाई अर्को चरणको तालिम, आवश्यक पोशाक र पहिरनको आवश्यकता देखिएकोले आफुले अस्ति आएका प्रदेश प्रमुखसँग कुरा राखेको अध्यक्ष कुवरले बताए ।

गुल्मी जिल्लामा महिलाहरुले नौमति बाजा बजाउने पेशा सुरु गरेको यो पहिलो हो । उनीहरुको पछिल्लो चरण विभिन्न औपचारिक कार्यक्रमदेखि विवाह , अन्य हर्ष बढाईमा मदानेका महिलाहले बजाउने नौमजि बाजा आकर्षणको केन्द्र बन्न पुगे पछि केहि दिन सम्पन्न गुल्मी महोत्सवमा पनि तिनै बाजाहरु झिकाईएको थियो । शनिवार नेपाली कांग्रेको दोश्रो जिल्ला सम्मेलनको उद्घाट सत्रमा पनि तिनै बाजा मगाईएको थियो । प्रमुख अतिथी सो पार्टीका महामन्त्री गगन थापा सहितका नेताहरुको ध्यान पनि तिनै महिलाहरुको बाजामा देखिन्थ्यो ।

पछिल्लो चरण कुनै पनि पेशा जातजाति र लिङ्गमा सिमित नरहेका उदाहरण थुप्रै छन । पाहडी भेगमा परम्परादेखि परियार जातिमा सिमित पेशा अहिले अन्य जातिले पनि ब्यबसायिक रुपमा नौमति बाजा बजाउन थालेका छन । अझ मदाने गाउँपालिकाले महिलाहरुलाई त्यसमा पनि सबै जातिका महिलाहरुलाई नौमति बाजाको सिप प्रदान गरेर जातिय विभेद विरुद्ध समानताको सन्देश मात्रै दिएका छैन ब्यबहारिक रुपमै महिला क्रान्तिको एक अंश नै नै मान्नु पर्छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad