Advertisement
विज्ञापन

सुनचाँदीको मुल्यमा वृद्धि



Advertisement
विज्ञापन

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad