Advertisement
विज्ञापन

नर्सको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल



Advertisement
विज्ञापन

काठमाडौं। स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्।परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना  १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्।

हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। यद्यपि पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।


Advertisement
Advertisement

परिषद्ले शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement