Advertisement
विज्ञापन

नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित



Advertisement
विज्ञापन

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बई स्थित होटेल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शन”बाट सम्मानित गरिएको छ । बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो ।

कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । उक्त अन्तर्राष्ट्रिय सम्मान यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण गरेका थिए ।


Advertisement
Advertisement

चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पीडब्लुसी भारतको सहकार्यमा गरिएको हो । संसारमै लब्ध प्रतिष्ठीत परामर्शदाता पीडब्लुसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै कम्पनीहरुलाई विभिन्न विधामा सम्मानित गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारी वर्ग, अभिकर्ता वर्ग, नियामक निकाय, सेयर धनी महानुभावहरू तथा नेपाल लाइफसँग आबद्ध समस्त सेवाग्राहीहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा आभार प्रकट गरे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad