Advertisement
विज्ञापन

दुर्गा प्रसाईका समर्थकले ढुंगामुढा गरेपछि केही समय बल्खु तनावग्रस्त



Advertisement
विज्ञापन

बुटवल । दुर्गा प्रसाईका समर्थकले राष्ट्रिय युवा संघका कार्यकर्तामाथि ढुंगामुढा गरेपछि काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी दुवै पक्षको प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको थियो। प्रसाईं पक्षका समर्थकलाई प्रदर्शनका लागि बल्खु चोकमा स्थान तोकिएको थियो भने युवा संघका लागि तीनकुनेमा तोकिएको छ।


Advertisement
Advertisement

तर बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो। कलंकीतर्फबाट मोटरसाइकल र्‍यालीसहित बल्खु पुगेको उक्त टोलीमाथि प्रसाईं पक्षका समर्थकले ढुंगामुढा गरेसँगै करिब आधा घण्टा अवस्था तनावग्रस्त बनेको थियो।प्रहरीले स्कटिङ गरिरहेको अवस्थामा बल्खु चोकमा पुगेसँगै प्रसाई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गरेका थिए ।

युवा संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आएको हो। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो।
स्थिति नियन्त्रणमा लिन २० मिनेट समय लागेको थियो।
प्रहरी पुगेसँगै प्रसाईं पक्षका समर्थकहरू तितरवितर भएका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement