Advertisement
विज्ञापन

धनकुटामा एकैघरका ३ जनाको शव फेला



Advertisement
विज्ञापन

काठमाडौँ । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ । बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजुबाबु महर्जनले जानकारी दिए।

टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । डिएसपी महर्जनका अनुसार भीमा र आयुषको हत्या भएको देखिन्छ। यता टीकाराम भने झुण्डिएको अवस्थामा फेला परेका हुन्।


Advertisement
Advertisement

घटना मध्यराति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement