Advertisement
विज्ञापन

भूकम्पपीडितका लागि चार करोड संकलन



Advertisement
विज्ञापन

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ४ करोड भन्दा बढी रमक संकलन भएको छ । पीडितहरुका लागि विभिन्न सहयोगी निकायहरुले चार करोड ५५ लाखभन्दा बढी रकम जम्मा गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो रकम प्रदेश सरकार बाहेकका अन्य निकाय तथा व्यक्तिहरुले मात्र संकलन गरेको हो ।

भुकम्पपीडितहरुको पुनस्थापना, राहत तथा उद्दारका लागि कर्णाली प्रदेश सरकारले खोलेको प्रदेश विपद कोषमा सहयोगी निकायले सो रकम जम्मा गरेका छन् । गएको कात्तिक १७ गते मध्य राती आएको भूकम्पको कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।


Advertisement
Advertisement
Advertisement

मन्त्रालयको विपद व्यवस्थापन शाखा प्रमूख कृष्ण बहादुर रोकायाका अनुसार कोशी प्रदेशले एक करोड, लुम्विनी प्रदेशले एक करोड पचास लाख, एनसेलले पचास लाख रकम प्रदेश कोषमा जम्मा गरेका हुन् ।

प्रदेश सरकारले नियमित बजेट अन्तर्गत कोषमा जम्मा गरेको चार करोड चार लाख १८ हजार बाहेक हालसम्म विभिन्न प्रदेश सरकार, नागरिक, संघसंस्थाले कोषमा चार करोड ५५ लाख ७६ हजार १ सय ५७ रुपैंयाँ जम्मा गरेका छन् । प्रदेश सरकार र सहयोग प्राप्त भएको रकम कूल ८ करोड ५९ लाख ९४ हजार १ सय ५७ रुपैंया रहेको उनले जनाए । यो कोषबाट नभई वित्तिय हस्तान्तरण अन्तर्गत साढे दुई करोड रुपैयाँ भूकम्प प्रभावित पालिकाहरुमा पठाइसकेको उनले जनाए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad