Advertisement
विज्ञापन

पौदेलीहरुको न्वागी पर्व सुरु



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी र बाग्लुङ्गबासीका पौदेलीहरुले संयुक्त पर्वका रुपमा वर्षेनी मनाउँदै आएको न्वागी मेला पर्व यस वर्ष मङ्गसिर ३ गतेदेखि सुरु गएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले न्वागी पर्वले यस भेगको मौलिक साँस्कृति संरक्षण, युवाहरुको प्रतिभा र क्षमता वृद्धिको पाठशाला जस्तै बनेको धारणा व्यक्त गरे ।

गुल्मी बाग्लुङ्गको सीमाना पर्ने बडिगाड गाउँपालिका ५ को खारा बजारमा मनाईने यो पर्वलाई पौदेलीहरुले दशैँ भन्दा पनि मूलो महिमाका साथ मनाउँछन् । उनीहरु यसलाई आफ्नो पहिचानका रुपमा लिन्छन । घरमा नयाँ धानबाली भित्र्याएपछि खुसीयाली स्वरुप चामलमा दहि सिमल भिजाएर शुभ साहित हेराएर खाईने परिकारलाई न्वागी भनिन्छ । त्यही न्वागी ईष्ट मित्र निम्ताएर खान सुरु भएपछि न्वागी पर्व सुरु हुन्छ । न्वागी पर्वलाई थप उल्लासमय बनाउन न्वागी मेला तथा संस्कृति संरक्षण मञ्चले मेलाको आयोजना गर्दै आएको छ ।


Advertisement
Advertisement

न्वागी पर्वको महत्वबारे बडिगाड ५ वडाध्यक्ष तथा न्वागी मेला तथ सांस्कृति संरक्षण मन्चका सचिब बिष्णु आचार्यले न्वागी पौदेलिहरुको साँस्कृतिक पर्व मात्र नभई पहिचान समेत भएको बताए । यस पर्वमा लाग्ने मेलाले स्थानीय कला संस्कृति, खेलकुद तथा अन्य विभिन्न अतिरिक्त कृयाकपालको विकासमा ठूलो टेवा पुराउँदै आएको छ ।

मेलामा राष्ट्रिय र स्थानीय कलाकारको जम्घट चले पनि सोरेठी भजन, नौमति बाजा र गायन, नृत्य, विभिन्न खेलकुद प्रतियोगिता राखेर स्थानीय कला संस्कृतिको संरक्षण युवाहरुको क्षमता अभिबृद्धिमा टेवा पुराईएको साँस्कृतिक समितिका संयोजक नविन कुवरले बताए ।

खाराबजारको शौन्दर्यकरण सुरु

बडिगाड गाउँपालिकाको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दिलाएको भन्दै यसको विशिष्ट पहिचान दिलाउन न्वागी मेलालाई गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको बताईन । उनले मध्यपहाडी लोकमार्ग र ढोरपाटनको समीपमा जोडिएको पालिकामा धेरै सम्भाव्यता रहेको र त्यसलाई भरपूर प्रयोग गर्ने भन्दै भौगोलिक विकटताका बाबजुद बडिगाडबासी नागरिकको जीवनस्तर सुधार गर्न संघ र प्रदेश सरकारसंग विभिन्न योजनाका लागि पहल गरिरहेको बताईएकि थिईन।

त्यस्तै उनले खार बजार क्षेत्रको भित्रि सडक कालोपत्रे गर्ने, मध्यपहाडी लोकमार्गमा सडक बत्ती जडान गर्ने, बजार क्षेत्रमा एकै रंगका घरहरु निर्माण गरी अनिवार्य बगैचा बनाउने लगायत शौन्दर्यकररण गर्ने काम सुरु हुन लागेको बताएकी थिईन। उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा श्रेष्ठ, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, उपप्रमुख भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनाराय ण भण्डारी, वडाध्यक्ष सहितका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, राजनैतिक दल, बैंक तथा वित्तिय संस्था, सुरक्षाकर्मी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

मेलाको पहिलो दिन आयोजित प्रतियोगीतात्मक कार्यक्रमहरु मध्ये नौमती बाजा प्रतियोगीता र रेकर्ड डान्स प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न भएका थिए । न्वागी पर्वको प्रचलन र महिमा बारे मन्चका अध्यक्ष गुणानिधि घिमिरेसँग जिज्ञासा राख्दा उनले १५ सताब्दितिर पश्चिम सिन्जा राज्यका भुरेराजले इस्मा राज्यलाई आक्रमण गर्न आएको र उनीहरुलाई इस्माले सेना दारेगौडा भन्ने स्थान मै रोकेर भगाउन सफल भएको खुशीको बेला धान बालि ध्स्न्काउने समय परेको र इस्माली राजाले सय मुरी धान फलाउने खेतबाट धान धन्काएर पहिला दहिमा चामल भिजाएर पुजा प्रसाद खाएर खुशीयालि मनाएको त्यसै दिनदेखि न्वागी बनाउन सुरु गरिएको जानकारी दिए ।

हरेक दिन गुल्मी बाग्लुङ र अन्य जिल्ला बाट समेत भिड बढ्ने गर्दछ । मङ्सिर ९ गते समापनको दिन थप भव्य हुने गर्दछ । २०४० को दशकसम्म न्वागी मेला सोरेठी र छेलो फाल्ने प्रतियोगिताका रुपमा पनि न्वागी पर्वको अर्को महिमाका रुपमा पनि लिईन्थ्यो । युवा युवती बिच दोहोरि गाउने जिते पछि सके सल्लाहले नसके युवतीलाई लतारेर भगाउने प्रचलन पनि थियो । माथि दाचौरको फाँट लाग्ने मेलामा तरुल सखर खण्ड झिलिङ्गेको बिराम्ला, विभिन्न मासुका परिकार स्थानीय पेय पदार्थ सोलि र थुन्सेमा बोकेर ल्याउथे । डोका नाम्ला थुन्से, सोलि डाल डालिको उति बेला निकै ब्यापार हुन्थ्यो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad