Advertisement
विज्ञापन

विहिबार गुल्मीका २ स्थानीय तहमा सार्वजनिक बिदा



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन ।दुई पालिकाले आज सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएको हुन ।

महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।


Advertisement
Advertisement

बिगतका बर्षमा झै ७ गते विहिबारका दिन रेसुङ्गा नगरकार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संथाहरुमा सार्वजनिक विदा दिएको नगरपालिकाका प्रमुख प्रशाअकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए ।

एता जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पनि सोही दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिएका छन । हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने गर्दछ । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरु रेसुङ्गा आउने गर्द्छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement