Advertisement
विज्ञापन

मंसिर ९ गतेदेखि कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन



Advertisement
विज्ञापन

गुल्मी । नेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ ।दुई दिने सम्मेलनको लागि ९मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दशत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिए।

जसका लागि नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदैछन् । सम्मेलनमा गुल्मी कांग्रेसले १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरिएको छ ।​


Advertisement
Advertisement
Advertisement

देशभर गणतन्त्र विरोधी गतिविधि बढिरहेका बेला १० हजार कार्यकर्तासहित केन्द्रीय सभापति देउवासहित नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी, चन्द्र केसीसहितका शीर्ष नेताहरू गुल्मी आउने भएपछि सम्मेलनलाई देशभरबाट चासोको रुपमा हेरिएको छ ।

जिल्ला कार्यसमितिको १४ कात्तिकको पूर्ण बैठकको निर्णयअनुसार सम्मेलन आयोजना गरेर व्यवस्थापनको लागि विभिन्न उपसमितिमार्फत काम भइरहेको खड्काले बताए ।

कार्यकर्ताहरूमा उत्साह थप्न बृहत् सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । उनले समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको सम्मेलन ऐतिहासिक हुने बताए ।सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रीय प्रतिनिधिले बन्दसत्रमा भाग लिन पाउनेछन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad