Advertisement
विज्ञापन

नेपालमा पहिलो पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सफल



Advertisement
विज्ञापन

काठमाडौं । नेपालमा पहिलो पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ ।शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जाकी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया भएको हो । ती बालिकाको शल्यक्रिया डा. रविन्द्रभक्त तिमला नेतृत्वको टोलीले सफल शल्यक्रिया गरिएको थियो ।

डा. तिमलाका अनुसार २६ असोजमा ९ घण्टा लगाएर शल्यक्रिया गरेपछि बालिकालाई २३ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । अहिले वार्डमा सारिएकी  बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । ती बालिकामा जन्मजात मुटु रोग रहेका कारण शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।


Advertisement
Advertisement
Advertisement

चिकित्सकीय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनिरी स्टेनोसिसको समस्या थियो । यस्तो समस्या भएको मानिसमा शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुन्छ ।

यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनुपर्ने मूल धमनी दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिएको थियो । साथै मुटुको तत्लो भागको दुई कोठाबीचमा ठूलो प्वाल परेको थियो ।

‘शल्यक्रियामा मुटुको मूल धमनी दाँया भागबाट छुट्याई देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दाँया भागबाट प्रतिस्थापित गर्‍यौं’, डा. तिमलाले अनलाइनखबरसँग भने, ‘मुटुको तत्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट पनि टाल्यौं ।’

उक्त शल्यक्रिया गर्नका लागि मुटु झण्डै ४ घण्टा बन्द गर्नुपरेको र पूरा शल्यक्रिया गर्नका ९ घण्टा लागेको थियो । उनका अनुसार यस प्रकारको समस्या बच्चा जन्मदा नै बनावटमा आएको समस्याका कारणले हुने गर्छ ।

ती बालिकाको शल्यक्रियामा डा. तिमला नेतृत्वमा डा. मारिषा अर्याल, डा. सुजन बोहरा र एनेस्थेसियामा डा. स्मृति महाजुलगायतको टोली सहभागी थियो ।

जन्मजात रुपमा मुटु रोगबाट ती बालिकाको विगत ३ वर्षदेखि नै गंगालाल अस्पतालमा स्वास्थ्य परीक्षण भएर रोग पत्ता लागेको थियो । तर,  त्यतिबेला परिवारले नमानेको र चिकित्सकले समेत आँट नगरेकाले शल्यक्रिया हुन सकेको थिएन ।

‘यस्ता केसहरु नेपालमा थुप्रै छन् । समयमै रोग पहिचान नहुँदा कतिपयको मृत्यु भएको होला । ठूलो र जटिल शल्यक्रिया हुने भएकाले परिवार रोगले ग्रसित नभएसम्म शल्यक्रिया गर्न तयार हुँदैनन्’, डा. तिमलाले भने ।

उनका अनुसार बालिकामा देखिएको समस्यामा भने देब्रे भागमा रहेको धमनीले फोक्सोमा र दाहिने भागमा रहेकाले शरीरभरि रगत प्रवाह गर्न खोज्छ । जुन प्राकृतिक रुपमा हुने प्रक्रिया भन्दा विपरीत हो । यस्ता समस्या भएका बिरामीहरुहरु नली उल्टो जोडिएका कारण यस्तो समस्या आउने गर्छ ।

त्यस्तै, रगत फोक्सोमा जाने बाटो साँघुरोसमेत हुने गर्छ । जसको कारण बिरामीले राम्रोसँग सास फेर्न नसक्ने, सास फेर्न नसक्दा अक्सिजनको कमी हुने तथा मुटु नै फेल गराउने अवस्था आउन सक्छ ।

यसभन्दा अगाडि डा. तिमलाकै नेतृत्वले केन्द्रमा नेपालमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया आर्टेरियल स्वीच, कोनो रष्टन एओर्टा भेन्ट्र्रिकुलोप्लास्टी, पल्मोनरी थ्रोम्बोएन्डारटेरेक्टोमी, टोटल आर्च रिप्लेसमेन्ट लगायतका शल्यक्रिया सफलताकापूर्वक गरेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad