Advertisement
विज्ञापन

सेयर बजारमा झिनो अंकको वृद्धि



Advertisement
विज्ञापन

काठमाडौं । तिहार तथा छठपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १.३९ अंकले बढ्दै १८ सय ५३.४८ अंकमा उक्लिएको हो ।

१० दिनपछि खुलेको बजारमा आज १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ ।आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।


Advertisement
Advertisement

डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् ।आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले १० प्रतिशतले गुमाएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad